Close This

‘लण्डन टू पेरिस’लाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

बुधबार जेठ २३, २०८१/ Wednesday 06-05-24
Paschim Today

काठमाडौं । यहीँ शुक्रबारबाट रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’लाई केन्द्रीय फिल्म जाँचपास समिति(सेन्सर बोर्ड)ले ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट दिएको छ। यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन्।

फिल्मका कार्यकारी निर्माता सनीश खकुरेलले सेन्सर बोर्डका सदस्यहरुले एउटा राम्रो नेपाली फिल्म हेरेको प्रतिक्रिया दिएको बताए। घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ।

ट्राभल लभस्टोरीको कथा रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको फल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्।