Close This

कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24
Paschim Today

धनगढीः कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित चौधरी, चोरी मुद्दामा ५० हजार जरीवाना तोकिएका बर्दगोरिया गाउँपालिका–४ का ३१ वर्षीय सरोज चौधरी, चोरी मुद्दामै १ लाख ५० हजार जरीवाना तोकिएका बर्दगोरिया गाउँपालिका–४ का २८ वर्षीय शाहिल चौधरी पक्राउ परेका छन्।

यस्तै बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ४५ हजार जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–५ बस्ने ३४ वर्षीय चन्द्र भुल, बोक्सी आरोप मुद्दामा ११ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–३ स्थाई घर भई हाल बर्दियाको गेरुवा गाउँपालिका–३ बस्ने ४१ वर्षीय प्रेम चौधरी रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका पाँचै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।