१४ वर्षीय बालिका बेच्न लैजाँदै गर्दा सम्बरबहादुर पक्राउ, जो १० वर्ष जेल बसेर छुटेको थिए
सोमबार जेठ २८, २०८१/ Monday 06-10-24
Paschim Today
काठमाडौं । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् ।
आर्थिक अवस्था कमजोर भएको परिवारकी १४ वर्षीय किशोरीलाई बेच्न लैजान लागेको अवस्थामा नुवाकोटका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ पक्राउ परेका हुन् ।
नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा मात्रै छुटेका थिए । पीडितलाई नेपालको सीमा कटाउन गाह्रो हुने भएकाले अरुकै नागरिकता प्रयोग गराएका थिए ।
सम्बरबहादुर र इन्दिराले पीडित बालिकालाई अरुकै सक्कल नागरिकता दिएर नाम र उमेर ढाँट्न लगाएका थिए । उनीहरूबाट केही भारतीय रकम समेत बरामद भएको छ ।
ललितपुरको सुनाकोठीबाट पीडित बालिकाको उद्धार भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
तपाईको प्रतिक्रिया