Close This

डोटीमा दुई पसलमा आगलागी

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

डोटीः डोटीमा दुई पसलमा आगलागी भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–३ चनकट्टे बस्ने ३० वर्षीय चक्र रावलको होटलमा सोमबार आगलागी भएकोे हो। रावलको होटलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४५ वर्षीय राम बहादुर ढोलीको कपडा सिलाउने खोकोमा समेत आगलागी भएकोे हो।

उक्त आगलागीबाट होटल तथा कपडा सिलाउने खोको पूर्णरूपमा जलेर करिब २१ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।