तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today

काठमाडौँ / बुधबार पनि सुनको मूल्यमा उच्च बृद्धि देखिएको छ । मङ्गलबार उच्च बृद्धि भएको सुनको भाउ बुधबार तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।

यससँगै नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६४ हजार ९ सय रुपैयाँ थियो । 

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ९ सय ३० रुपैयाँ रहेको चाँदी आज बढेर १ हजार ९ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

 

  •