Close This

बझाङको विद्यालय भवन निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाउँपालिका वडा नं. ९ स्थित श्री भवानी आधारभूत विद्यालयको  भवन पुनः निर्माणका  लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ । 

 

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानीयबासीहरुले श्रमदान समेत गरेका थिए ।  

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नव निर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।