राजधानीमा देउडा दोहोरी

शुक्रबार असार २१, २०८१/ Friday 07-05-24
Paschim Today

काठमाडौँ, असार २१ गते । 

राजाले चिन्यामा धारा रानीले नुहाइ गै 

छाडी जान्या निर्गुनीले हृदय रुवाइ गै 

गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै लाइभ दोहोरी गीतको परिधि फैलँदो छ । सर्जकले आफ्ना प्रतिभा इन्टरनेट माध्यममा राखेर क्षणभरमै विश्वभर पु¥याउन सक्छन् । अछाम मार्कुका टेकबहादुर बोगटीले लाइभ दोहोरी देउडा गाएर धेरैको प्रशंसा बटुलेका छन् । देउडा दोहोरीमा दैलख राकमकर्णालीकी सङ्गीता बडुवालले बोगटीलाई साथ दिएका छन् ।

वनपाखा, देउराली, चौतारी, मेला, पर्वमा गाइने दोहोरी अनलाइन मध्याममा समेत उत्तिकै लोकप्रिय मानिन्छ । लोकदोहोरी गीत ‘लाइभ’ हेर्ने बानी बसेका दर्शकका लागि देउडा दोहोरीले फरक मिठास दिएको छ । कर्णाली र सुदूरपश्चिमेली लवज, मिठास, टुक्का र शब्दले रोचकता थपेको छ । 

ठेट नेपाली भाषामा गाइने देउडा दोहोरी गीतमा केटा पक्षलाई छो¥याट्टा र केटी पक्षलाई छो¥याट्टी भन्ने चलन छ । यतिबेला बोगटी र बडुवालको जोडी राजधानीमा लाइभ देउडा दोहोरी गाउन सक्रिय छन् । उनिहरूलाई अर्का देउडा गायक गोरख कुँवर ‘दुःखी’ ले साथ दिँदै आएका छन् ।

बोगटीले पछिल्लो पटक सङ्गीतासँगको सहकार्यमा ‘झल्को लाली ओठको’ लोकदेउडा दोहोरी सार्वजनिक गरेका छन् । सुदूरपश्चिम र कर्णालीको स्थनीय भाका र भाषालाई लोकदेउडा दोहोरीमार्फत देश विदेश चिनाउन सक्रिय देउडा गायक बोगटी र बडुवालले पुष्प कुँवरसँगको सहकार्यमा जोवन ढल्की गयो ९मान्छे मत ध्यु ० मा पनि स्वर दिएका छन् ।

देउडा गीत गायनमा करिब एक दशकदेखि सक्रिय बोगटीलगायत कलाकारको समूहले देउडा गीतलाई लाइभ दोहोरीमा प्रस्तुत गर्न भिडियो निर्माणका साथै स्थानीयस्तरका ठेट शब्द छनोट गर्ने गरेका छन् । 

माथिपाल्त पानी नाउलो भैँसीले पिएन लाइपिरथी छाडीकन जाँन्या मन थिएन