धनगढीका एक फरार युवक पक्राउ

शनिबार असार २२, २०८१/ Saturday 07-06-24
Paschim Today

धनगढीः धनगढीका एक फरार युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २४ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–२  का ४० वर्षीय ओम बिक्रम अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट शुक्रवार पक्राउ गरेको जनाएको छ।