कांग्रेस- एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग , दैनिक कामकाज बाहेक नगर्न सुझाव

आइतबार असार २३, २०८१/ Sunday 07-07-24
Paschim Today

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्। आज संयुक्त विज्ञप्ति जारी गर्दै काङ्ग्रेस संसदीय दल र एमाले संसदीय दलले  मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो ।
केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइएको छ ।
'मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं` काङ्ग्रेस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलले जारी गरेको  संयुक्त विज्ञप्तिमा भनिएको छ,' बहुमत गुमाइसकांग्रेस- एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग , दैनिक कामकाज बाहेक नगर्न सुझावकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ` ।
एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।