त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
बुधबार श्रावण ९, २०८१/ Wednesday 07-24-24
Paschim Today
काठमाडौँ, ९ साउन ।
काठमाण्डौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको दुर्घटना भएको छ ।
बुधबार करिब ११ः१५ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको हो । रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको जहाजमा आगलागी भएको छ ।
आगोको मुस्लोले ढाकिएको जहाजमा भएको क्षति खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया