युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु
एजेन्सी : युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ।
पोल्टावा युक्रेनको दोस्रो ठूलो शहर खार्किभबाट १३० किलोमिटर टाढा छ। यो शहर युद्ध केन्द्रीत नभए पनि लामो दूरीका मिसाइलको प्रभावमा भने पर्ने गरेको छ।
रुसले ५०० किलोमिटरसम्म मार हान्नसक्ने इस्कन्डर एम ब्यालेस्टिक मिसाइल प्रयोग गरेको हो, जसमा ७०० केजी विस्फोटक पदार्थसम्म लोड हुनसक्छ।
सोमबार राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो। क्रिमियादेखि पोल्टाभासम्मको दूरी लगभग ४३० किलोमिटर छ।
पोल्टाभालाई किन लक्षित गरियो?
रुसी सिमानाबाट १४० किलोमिटर टाढा रहेको पोल्टाभामा गरेको आक्रमणबाट जनताले सतर्क हुनेसमेत मौका पाएनन्। जसकारण ५० भन्दा बढीको मृत्यु भएको युक्रेनी अधिकारीहरू बताउँछन्।
युक्रेनको रक्षा मन्त्रालयले यसलाई पोल्टाभाका लागि डरलाग्दो दिन भएको बताएको छ। हवाइ आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा थोरै समय मात्र रहेकाले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ।
तपाईको प्रतिक्रिया