मेरी आमा !
आमा तिमी फूल हौ न ओइलाउने
म त्यही फूलको एक पत्र !
आमा तिमी जुन हौ सितल दिने
म त्यही जूनको उज्यालो प्रकाश !!
आमा तिमी सृष्ठी कर्ता हौ यो ब्रह्माण्डको
म त्यही ब्रह्माण्डको एक पिण्ड !!
थाछ मलाई तिम्रो हिर्दय कति विशाल छ
जहाँ यो ब्रह्माण्डका सबै पिण्ड अटाउन सक्छन् !!
थाहा छ मलाई तिम्रो ममताको सागर कति गहिरो छ
जहाँ पृथ्वीका सबै जीवन नड्डबे रै पौडिन सक्छन् !!
कुन्नि तिम्रो शरीर कुन तत्वले बनेको छ
न रिस न डाह
मात्र प्रेमका धारा बगाउन आउँछ तिमी लाई !!
कुन्नि तिम्रो मन कुन जलले धोयको!
मिठास भरिएका प्रेम वाणी मात्र बोल्न आउँछ तिमीलाई!!
सिक्नु त धेरै छ तिमी बाट
दुःखमा लुकाएर हाँस्न
पीडा लुकाएर बाँच्न
अनि उदास जीवनलाई पनि मुस्कुराएर जिउन!!
अझै सिक्नु छ तिमी बाट
सन्तानको खुशीका लागि आफ्ना खुशी त्याग्न !
कठिन परिस्थितिमा पनि विचलित नभएर बाँच्न !!
सिक्नु छ तिमीबाट
आफू पटक पटक हारेर पनि अरुलाई जिताउन !
कठिन संघर्षले आफू थिचिय पनि सन्तानलाई जोगाउन !!
कसरी व्याख्या गरू तिमीलाई
जती शब्द लेख्छु अझै कम लाग्छ
लेख्दा लेख्दा नत मन भरिन्छ नत हात थाक्छ !
आमा तिमी छौ पनि त्यस्तै
नत तिमीलाई लेखेर पानामा उतार्न सकिन्छ !!
नत व्याख्या नै गर्न !!
त्यसैले त तिमी यति महान छौ
आमा !!!
लेखक: सुवास खडका
धनगढी -१९ फुरबारी
तपाईको प्रतिक्रिया