नेपालले श्रीलंकन टोलीलाई दियो १६० रनको लक्ष्य
शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today
काठमाडौँ । एक दिवसीय अभ्यास खेल खेल्न श्रीलंका पुगेका नेपाली टोलीले श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाएका थिए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए ।यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए । श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिएका थिए ।
तपाईको प्रतिक्रिया