शेयर बजारमा हरियाली, २६८८ अंकमा पुगेर रोकियो

बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24
Paschim Today

काठमाण्डु–धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।

आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो ।

आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो ।

आज कारोबारमा आएका २२९  कम्पनीकाे सेयरमूल्य बढेकाे छ  भने १२ कम्पनिकाे घटेका छन् ।

आज १० वटा कम्पनिको सकारात्मक सर्किट लागेको छ ।