डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु

बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24
Paschim Today

कैलाली । डडेल्धुराकी एक चर्चित टिकटकर युवती मृत भेटिएकी छिन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

टिकटकमा उनका दुई लाख २४ हजार फलोअर छन् । हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताएका छन् । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु विदेशमा छन् ।

महाकालीमा फाल हानेकी ममता पनि मृत फेला
यसैबीच १३ गते महाकाली नदीमा हाम फालेकी १६ वर्षकी अर्की किशोरी पनि मृत भेटिएकी छन् । डडेल्धुरा परशुराम नगरपालिका–५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला भेटिएको प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा फेला परेको शवको पाखुरामा ममता लेखेको देखेपछि सनाखत भएको डीएसपी कार्कीले जानकारी दिए । जिल्ला अस्पताल डडेल्धुरामा राखिएको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । दार्चुलाका सीडिओ यज्ञराज जोशीले १३ गते हाम फालेकी किशोरीको शव भेटिएको बताए ।