ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

काठमाडौं । ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

 

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकी छन्

 

 

कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको ज्यान गएको दूतावासले जनाएको छ ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए । समिता भने वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

कानूनी प्रक्रिया पूरा गरी सारुको शव नेपाल पठाइएको र समिताको भने पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।