बैतडीको शिवलिंग केन्द्रविन्दु भएर भूकम्प

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

बैतडी : बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलि‌ंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो।