प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

न्यूयोर्क,(अमेरिका) ६ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने भएकी छन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभाको समिट अफ दी फ्युचरमा आज सहभागी भएका प्रधानमन्त्री ओलीसंगै परराष्ट्र मन्त्री डा. राणाले  लगानी वृद्धि शान्ति र सुरक्षा, डिजिटल असमानता, अन्तरपुस्ता र समावेशी विकास र लैंगिक समानतामा प्रतिबद्धता र सहयोगका लागि आग्रह गर्ने बताईएको छ । 

परराष्ट्र मन्त्री राणाले महासभाका बिभिन्न साईड ईभेण्टमा समेत नेपालका तर्फबाट सम्बोधन गर्ने बताईएको छ । 

परराष्ट्र मन्त्री राणाले बुरुण्डी र फिनल्याण्डका समकक्षीसंग द्धिपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

May be an image of 3 people, newsroom, dais and text