निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

बिहीबार असोज १०, २०८१/ Thursday 09-26-24
Paschim Today

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा.रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल राेपेका हुन् । 

 

 

फिल्मको छायाङ्कनमा जादाँ लाइट, क्म्यामेराको किरणसँगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवाँ, धुलो, घाम, पसिना आदीका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले बताए । ‘डा.घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डाक्टरहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफू हेयर ट्रान्सप्लान्ट गर्न लागेको हो’ निखिलले थपे । 

हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । निखिल भन्छन्– ‘नयाँ कपालसहित नयाँ फिल्म लिएर आउनेछु ।’