धनगढीमा खैरो हेरोइनसहित एक किशोरी पक्राउ

शुक्रबार असोज १८, २०८१/ Friday 10-04-24
Paschim Today

धनगडी १८ । कैलालीको धनगढीमा खैरो हेरोइनसहित १९ वर्षीया एक किशोरी  पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका २ भन्सार चोकबाट सोही उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्। लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन० सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ।