दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

शुक्रबार असोज १८, २०८१/ Friday 10-04-24
Paschim Today

कैलाली । कैलालीको पहलमानपुरमा रहेको दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आज एक कार्यक्रमका बिच सहकारीले १८औ वार्षिक साधारण सभा आयोजना गरेको हो । दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष  पुष्कल बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य, पूर्व मन्त्री खुसीराम डगौरा थारु थिए भने  विशिष्ट अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत रहेका थिए । 

आर्थिक वर्ष २०८०÷०८१ को ९ करोड ६१ लाख४८  हजार ३८ रुपैयाँ कारोबार भएको आम्दानी र खर्च विवरण पेश गरिएको थियो। 

वार्षिक कार्य योजना अध्यक्ष पुष्कल बमले प्रस्तुत गरेका थिए भने, प्रगति प्रतिवेदन लेखा संयोजक नरबहादुर देउवा, लेखा परीक्षण प्रतिवेदन व्यवस्थापक कमला भण्डारीले प्रस्तुत गरेकी थिइन् । 

स्वागत मन्तव्य सहसचिव मानप्रसाद आचार्यले गर्दा कार्यक्रम सञ्चालन सचिव इन्द्रलाल भण्डारीले गरेका थिए । साधारण सभामा चनकलाल चौधरी र चेतराज भट्टलाई को परिवारलाई सम्मान गरिएको थियो।

त्यस्तै डिगामाया आचार्य, ठाकुर प्रसाद चौधरी, निसा कुमारी कठायत, जीवन चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै बाल बचत तर्फ शिशिर पौडेल, डिबिजा चौधरी, प्रत्युश ज्ञवाली र शुसान्त पोख्रेलले पनि सम्मान पाएका थिए । बचत संकलन कर्ता तर्फ आशिस चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चौधरीले दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निकै राम्रो काम गरेको बताएका थिए । संस्थाको भवन निर्माणमा प्रदेश सरकारसँग पहल गर्ने उनले बताएका थिए । विशिष्ट अतिथि नगर प्रमुख रावतले मुलुकमा सहकारीको अवस्था दयनीय हुँदै गर्दा दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपभोक्तालाई सहजता पैदा गरेका बताएका थिए । 

अध्यक्ष बमले आगामी दिनमा पनि विगतमा जस्तै उपभोक्ताहरूको मन जित्दै राम्रो काम गर्दै अगाडी बढ्ने बताएका थिए । संस्थाको अध्यक्षले प्रमुख अतिथि र विशिष्ट अतिथिलाई सम्मान गरेका थिए ।