बाल्टिमोरमा पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श

मंगलबार असोज २२, २०८१/ Tuesday 10-08-24
Paschim Today

बाल्टिमोर,(अमेरिका), २२ असोज ।

पत्रकार दीर्घराज उपाध्यायद्धारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श कार्यक्रम आईतवार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।

सुदूर पश्चिम समाज मेरिल्याण्डद्धारा बडा दशैं तथा दीपावलीको अवसरमा बाल्टिमोरमा आयोजित कार्यक्रममा पत्रकार उपाध्यायद्धारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श गरियो ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार तिर्थराज पाण्डेयले उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा मुलुकले ब्यहोरेको १० वर्ष द्वन्द्वको चित्रण गरिएको बताए ।

पुस्तकमा पत्रकार उपाध्यायका भोगाई र अनुभव मात्र छैनन, साहित्यकार पाण्डेयले भने, पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर पुस्तकमा समेटिएको छ । यो पुस्तक द्वन्द्वका १० वर्षको ऐना हो ।

साहित्य र पत्रकारिताका माध्यमबाट उपाध्यायले पु¥याएको योगदानको चर्चा गर्दै साहित्यकार पाण्डेयले उपाध्यायको पुस्तक अहिले र भावी पुस्ताका लागि पढ्नै पर्ने दस्तावेज भएको बताए ।

पत्रकार उपाध्ययाले पुस्तकमा नेपाली पत्रकारिता र समाजले भोगेका अनुभव, पीडा र संघर्षहरु समेटिएको बताए ।

यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्बाह गरेका संघर्ष र अनुभवका कथाहरु मत्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।

द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामि पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए । 

कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट आमा म आउँदैछु, छोरी र बा शिर्षकको कविता सुनाए ।

पत्रकार उपाध्यायले सुदूर पश्चिम समाज बाल्टिमोरद्धारा पुस्तकमाथि बिमर्श कार्यक्रमको आयोजनासंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आयोजक र सहभागीहरुप्रति आभार व्यक्त गरे ।

सोही कार्यक्रममा सुदूर पश्चिम समाजका तर्फबाट पत्रकार तथा लेखक उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको थियो । 

सुदूर पश्चिम समाजका अध्यक्ष बिक्रम शाही, बानाका अध्यक्ष सुबोध बिलाश पन्त, समाजका पूर्व अध्यक्ष दमन बिक्रम शाह, साहित्यकार तिर्थराज पाण्डेय, समाजका अगुवा भीम बिक लगायतले उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव यज्ञ बहादुर रानाले गरेका थिए ।