झरि आएछ !

बुधबार असोज २३, २०८१/ Wednesday 10-09-24
Paschim Today

पिडा नबुझ्ने सरकार छदै थियो, साथ दिने झरि आएछ
दुखीको घाउमा नुन चुक छर्कन झरि आएछ। 

गहिरो निद्रामा परेछ हाम्रो सरकार
जनताले व्युझाउदा नव्युझेपछि व्युझाउन झरि आएछ। 

देखेकै हो, सुनेकै हो नेपालमा जे पनि ढिलो हुन्छ भनि 
यै कुरालाई प्रमाणित गर्न बेमौसममा झरि आएछ। 

बेहालमा थे, बेहालमा छन् नेपालि जनता 
झन लथालिङ्ग बनाउन सक्छु कि भनि झरि आएछ। 

सडक, बाटोघाटो सबै गुणस्तरहीन रहेछन 
सरकारले ढाकछोप गर्न नपाउदै, झरि आएछ। 

लङ्गडो, लाटो, बैरो, अन्धो हाम्रो सरकार 
अलिकति भएपनि ठिक पार्न सक्छु कि भनि झरि आएछ। 
                                                        (???????? मन्(तुकाल)