बाजुरामा अरिङालको टोकाइबाट एकको मृत्यु, एक जना घाईते

आइतबार असोज २७, २०८१/ Sunday 10-13-24
Paschim Today

 बाजुरामा अरिङालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–५ का ६५ वर्षीया अंगे बडूवाल रहेका छन् । भने अर्का एक जना घाइते भएका छन् ।

शुक्रबार बिहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङालले टोकेको हो ।

अरिङालको टोकाइबाट घाईते भएका अर्को स्थानीय डम्म साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।