नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

काठमाडौं । पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।