टीकापुर विमानस्थल पुनः सञ्चालन गर्ने भन्दै सडक बन्द गरेर सरसफाइ गर्न आग्रह

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

काठमाडौँ । सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो ।

मन्त्रालयले एक पत्र लेख्दै  विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ । 

462536897_1268638234079258_7455786893981164421_n