इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today
गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ ।
पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ ।
पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । २०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया