कैलालीमा कार दुुर्घटना हुुँदा २ जना घाइते

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

धनगढीः कैलालीमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालीका–७ मा कार दुुर्घटना भएको हो।

भजनी नगरपालिका–७ हिक्मतपुरमा डिएल ३ सिबिएल ९२४३ नम्बरको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो। दुर्घटनामा चालक भारतको खजुरियाका २८ वर्षीय रामकुमार र कञ्चनपुरको बेलौरी नगरपालिका–१० का २९ वर्षीय अनीलकुमार राना घाइते भएका छन्। घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।