जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

जम्मु कश्मीर : जम्मु कश्मीरको गन्दरबलमा निर्माणाधीन सुरुङ नजिक भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हमलामा एक डाक्टर र छ जना कामदारसहित सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

गन्देरबलको सोनमर्ग क्षेत्रको गुन्डमा सुरुङ परियोजनामा ​​काम गरिरहेका मजदुर र अन्य कर्मचारीहरू साँझ अबेर आफ्नो शिविरमा फर्किंदै गर्दा अज्ञात आतङ्ककारीहरूले आक्रमण गरेको समाचारमा उल्लेख छ । 

 

दुई कामदारको घटनास्थलमै मृत्यु भएको थियो जबकि डाक्टर र अन्य चार कामदारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल हमलामा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । 

 

८ अक्टोबरमा जम्मू–कश्मीर चुनावको नतिजा घोषणा भएको थियो र सरकार गठनपछि पहिलो पटक यस्तो ठूलो चरमपन्थी हमला भएको हो ।

यसअघि १८ अक्टोबरमा जम्मु कश्मीरको शोपियान जिल्लामा अशोक चौहानको शव भेटिएको थियो । उनको शरीरमा गोलीका निशानहरू थिए ।