नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपाने

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । 

 

एन्फाले यसअघिका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णय लिएयता राष्ट्रिय टिम मुख्य प्रशिक्षकविहीन थियो ।

एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । अन्तरिम प्रशिक्षक घिमिरे र महर्जन दुवैले सोमबार नै नियुक्तिपत्र बुझेका छन् ।

अन्तरिम मुख्य प्रशिक्षक न्यौपानेकै टिमले ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ । नेपालले नोभेम्बरमा ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।