सुदूरपश्चिम प्रदेशका वनमन्त्रीको भान्सेमा श्रीमती नियुक्त

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको खुलेको छ।

साउन २२ गते  मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेको पत्र प्राप्त भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर यसअघि केही समयका लागि सामाजिक विकास मन्त्री समेत बनेका थिए। उनी नागरिक उन्मुक्ति पार्टिका संस्थापक सदस्य समेत हुन्।