बैतडीमा तस्करीको सामान बरामद

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

बैतडीः बैतडीमा तस्करीको सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डस्थित सडकखण्डको किनारबाट तस्करीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। ढुंगानाका अनुसार सोमवार साँझ उक्त सामान बरामद गरेको हो।

अन्दाजी ७३ हजार ५  सय मुल्य बराबरको चिनी, मिश्री, लत्ताकपडा, स्टेश्नरीका सामग्री र सूर्तीजन्य सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामान कारवाहीका लागि मंगलवार महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ।