कोरिया जाने कामदारले खुल्ला टिकट लिन पाउनुपर्ने माग गर्दै रिट

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाई टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ । 

यो हटाउनु पर्ने रिटमा उल्लेख छ। उनीहरुले प्रतिस्पर्धामा टिकट खरिद गर्नु पाउनु संवैधानिक अधिकार भएको दाबी रिटमा गरिएको छ।