इङल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

 

 

 

२६ बर्षिय ब्याटिंग अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ । सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ ।

 

 

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पुर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।

 

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।