सुनचाँदीको मूल्य घट्यो

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं: लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ ।

आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोबार भईरहेको छ ।