कैलालीकी लक्ष्मी भदौ १५ गतेदेखि सम्पर्कविहिन

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

धनगढीः कैलालीमा पाँच छोराछोरी छोडेर एक महिला सम्पर्कविहिन भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीकी ४३ वर्षीया लक्ष्मी दमाई पाँच छोराछोरी छोडेर सम्पर्कविहिन भएकी हुन्। उनी भदौ १५ गतेदेखि परिवारको सम्पर्कमा छैनन्। घरमा तीन छोरा र २ छोरी छन। ८ वर्षीय छोरालाई समेत छोडेर लक्ष्मी सम्पर्कविहिन भएकी हुन्। लक्ष्मी सम्पर्कविहिन भएपछि घरमा छोराछोरीको विचल्ली भएको उनका श्रीमान भीम दमाईले बताए।

उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा श्रीमती सम्पर्कविहिन भएको भन्दै निवेदन समेत दर्ता गएका छन्। तर अहिलेसम्म कहिँकतै फेला नपरेको प्रहरीले जनाएको छ। लक्ष्मी सम्पर्कविहिन भएपछि माइती पक्ष पनि चिन्तित बनेका छन। लक्ष्मीलाई एक जना अपरिचित पुरुषले सधै भेट्न आउने गरेको लक्ष्मीकी बहिनीले बताएकी छन। स्थानीयका अनुसार लक्ष्मी र एक जना पुरुष अटो चढेर पुर्वतिर गएका थिए।