टीकापुरमा गरियो परीक्षण उडान

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

धनगढीः कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ।

नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको छ।

टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले पनि टीकापुर हवाइमैदानमा परीक्षण उडान गरेका थिए।