रवि लामिछानेको अभिव्यक्तिसँगै ‘बाघ’ फेसबुकको ट्रेन्डिङमा

बुधबार कार्तिक २८, २०८१/ Wednesday 11-13-24
Paschim Today

काठमाडौं । मङ्गलबार साँझ सामाजिक सञ्जालका विभिन्न माध्यममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको एक भिडिओ बाहिर आयो । भिडिओमा लामिछानेले ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भनेको सुनिन्छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेले आफूलाई ‘बाघ’को संज्ञा दिएपछि त्यसको पक्ष-विपक्षमा फेसबुक लगायत अन्य विभिन्न सञ्जालमा पोस्ट तथा प्रतिक्रया आउन थालेका छन् । सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा उनले समर्थक र सञ्चारकर्मीतिर हेर्दै यस्तो अभिव्यक्ति दिएका थिए ।

फोटो, भिडिओ र क्याप्सनका रूपमा पोस्ट धेरै आएपछि ‘बाघ’ शब्द अहिले फेसबुकमा ट्रेन्डिङमा परेको छ ।

फेसबुकका अनुसार पछिल्लो समय २४ हजार बढी मान्छेले बाघको बारेमा चर्चा गरिरहेका छन् । हजारौंले ‘बाघ’ लेखी पोस्ट राख्दा फेसबुकमा उक्त शब्द ट्रेन्डिङमा परेको हो ।