कैलाली जिसस प्रमुखमा कांग्रेसकी टीका चौधरी निर्विरोध निर्वाचित, नाउपाले लियो उम्मेदवारी फिर्ता

बुधबार मङ्सिर ५, २०८१/ Wednesday 11-20-24
Paschim Today

धनगडी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।