प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार मङ्सिर १२, २०८१/ Wednesday 11-27-24
Paschim Today

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । लगातार दुई दिन घटेको सुनको मूल्य बुधबार भने प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको सुन मंगलबार प्रतितोला २६ सय रुपैयाँले घटेर  १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । १५ कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।