सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
कैलाली । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ ।
माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा १५ मंसिरदेखि ६ पुससम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।
टिम सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) ।
तपाईको प्रतिक्रिया