स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले

बुधबार मङ्सिर १२, २०८१/ Wednesday 11-27-24
Paschim Today

काठमाडौँ । स्मृति हाम्रो जीवनको अहम् हिस्सा हो । यसले हामीलाई नयाँ कुरा सिक्न त मद्दत गर्छ नै पुराना याद र अनुभवहरूलाई  पनि सँगालेर राख्ने क्षमता दिलाउँछ । तर आजको भागदौड पूर्ण जीवनशैली र बढ्दो तनावका कारण कयौँ मानिसको स्मरण शक्ति कमजोर हुँदै गइरहेको छ ।

हामी सामान यता उता राखेर भुल्छौँ, पढेको कुरा याद हुन्न, भान्सामा चुल्होमा केही चिज बसालेर बिर्सने भएका छौँ । तर सही बानी अपनाउने हो भने तपाईँले आफ्नो स्मृति सुधार्न सक्नु हुन्छ । आजको यस लेखमा हामीहरू स्मृति राम्रो बनाउन सहयोगी केही तरिकाबारे कुराकानी गर्नेछौँ ।

नियमित रूपमा ध्यान गर्नुस्
ध्यान मस्तिष्कको लागि निकै फाइदाजनक हुन्छ । यसले तनाव त कम गर्छ नै मस्तिष्कको कार्य क्षमता पनि बढाउँछ । दैनिक १०–१५ मिनेट ध्यान गर्दा मानसिक स्पष्टता र एकाग्रता सुधार आउँछ ।

राम्रो र सन्तुलित आहार
आहारले पनि स्मरण शक्तिमा गहिरो प्रभाव पार्छ । मस्तिष्कलाई ऊर्जा र पोषण चाहिन्छ, जुन फलफूल, तरकारी, नट र माछा जस्ता खानेकुराले उपलब्ध गराउँछ । विशेषगरी बदाम, ओखर र ब्लुबेरी मस्तिष्कका लागि निकै फाइदाजनक मानिन्छ ।

पर्याप्त सुत्नुस्

निद्राले हाम्रो मस्तिष्कको रिसेट बटन जस्तै काम गर्छ । यसले मस्तिष्कलाई आराम दिन्छ र नयाँ जानकारी व्यवस्थित गर्न मद्दत गर्दछ । हरेक दिन ७–८ घण्टा गहिरो निद्राले तपाईँको स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

नियमित व्यायाम

शारीरिक गतिविधिले मस्तिष्कमा रगतको प्रवाह बढाउँछ, जसले मस्तिष्कमा नयाँ कोशिकाहरू बनाउँछ । नियमित योग, दौड वा कुनै पनि किसिमको व्यायाम मस्तिष्कका लागि फाइदाजनक हुन्छ ।

नयाँ कुराहरू सिक्नुस्

मस्तिष्कलाई सक्रिय राख्न नयाँ कुराहरू सिक्नु धेरै महत्त्वपूर्ण छ । तपाईँ नयाँ भाषा सिक्न सक्नुहुन्छ, नयाँ विषय पढ्न सक्नुहुन्छ वा सङ्गीत वाद्ययन्त्र बजाउन सुरु गर्न सक्नुहुन्छ । यसले मस्तिष्कको न्यूरोन्सहरू बिचको कनेक्सनलाई बलियो बनाउँछ ।

सकारात्मक सोच अपनाउनुस्

नकारात्मक सोच र तनावले मस्तिष्कको कार्य क्षमतालाई कम गर्न सक्छ । सकारात्मक सोच अपनाउँदा मस्तिष्कमा रासायनिक सन्तुलन कायम रहन्छ, जसले तपाईँको स्मरणशक्तिलाई बढाउँछ ।

ब्रेन गेम खेल्नुस्

पजल, चेस र सुडोकु जस्ता ब्रेन गेम खेल्दा मस्तिष्कको एकाग्रता र समस्या समाधान गर्ने क्षमतामा सुधार हुन्छ ।

डिजिटल डिटक्स

आजको समयमा, प्रविधि र ग्याजेटहरूमाथिको अत्यधिक निर्भरताले हाम्रो मेमोरीलाई असर गर्न सक्छ । दिनमा केही समय फोन र ल्यापटपबाट टाढा रहेर प्राकृतिक वातावरणमा समय बिताउँदा मस्तिष्कलाई तरोताजा राख्न सकिन्छ ।

पर्याप्त मात्रामा पानीको सेवन

शरीरमा पानीको कमीले मस्तिष्कको काममा असर गर्छ । दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनाले मस्तिष्क स्वस्थ र सक्रिय रहन्छ ।

सम्झने विधिहरूको प्रयोग

तपाईँको स्मरण क्षमता बढाउन एसोसिएसन र भिजुअलाइजेशन जस्ता प्रविधिहरू प्रयोग गर्न सक्नुहुन्छ । जस्तै: कुनै नाम सम्झना यसलाई केही वस्तुसँग जोडेर याद राख्नुहोस् ।

स्मरण शक्ति तेज बनाउनु पनि एउटा प्रक्रिया हो । यसका लागि अनुशासन र धैर्यता चाहिन्छ । यहाँ उल्लेख गरिएका बानीहरू अपनाएर तपाईँले आफ्नो स्मरण शक्तिमा सुधार त गर्न सक्नु हुन्छ नै आफ्नो जीवनलाई अझ फलदायी र सन्तुलित बनाउन पनि सक्नु हुन्छ ।