धनगढीमा लौरो फुड बैङ्क एन्ड कफी सप सञ्चालन
धनगढी, १२ मङ्सिर । धनगढीमा लौरो फुड बैङ्क एन्ड कफी सप सञ्चालनमा आएको छ । स्थानीय खानाका परिकारलाई प्रवर्द्धन उद्देश्यका साथ धनगढीको एलएन चोकमा लौरो कफी शप सञ्चालनमा आएको हो ।
सपको उद्घाटन कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन । युवाहरू बिदेसी रहेका बेलो लौरोको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने अभियानका साथ नयाँ थालनी गरेकाले उद्योग वाणिज्य सङ्घको पूर्ण साथ रहने कुँवरले बताए ।
मौलिक खानेकुरा हराइ रहेका बेला स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ लौरो सञ्चालनमा आएको सञ्चालक शङ्कर श्रेष्ठ बताउँछन् ।
‘अहिले सबै युवा देशमा सम्भावना छैन भनेर विदेशी रहेका छन् । तर मैले चाहिँ आफ्नै देशमा केही गर्नु पर्छ भन्ने उद्देश्य लिएर विभिन्न क्षेत्रमा काम गरी रहेको छ । म आफैले गरेर मात्र केही हुँदैन अरूका लागि पनि रोजगारी शिर्जना गर्नु पर्छ भनेर लौरो सञ्चालनमा ल्याएको हुँ’ श्रेष्ठले भने ।
लौरोमा रैथाने अन्नबाली कोदो, मकै, फापर लगायतका १ सय ५० भन्दा बढी प्रकारका खाना, नास्ता सहित चिया–कफी उपलब्ध रहेको छ ।
‘बुढेसकालको सहारा लौरो भए जस्तै दिगो स्वास्थ्यको सहारा अर्ग्यानिक खाना खाना हो । त्यसैले सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै मैले अर्ग्यानिक खानाको बैङ्कका रूपमा लौरो सञ्चालन गरेको हुँ’ सञ्चालक श्रेष्ठले भने ।
तपाईको प्रतिक्रिया