नेप्से परिसूचक सामान्य अंकले गिरावट
बिहीबार मङ्सिर १३, २०८१/ Thursday 11-28-24
Paschim Today
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ ।
आज ३०७ वटा धितोपत्रको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा याे ७७ करोड रूपैयाँले कमी आएको हो।
आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ ।
तपाईको प्रतिक्रिया