कैलालीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान
धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ मा अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
सुइटी र खौरहुवा शिव सामुदायिक वनले विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा दिएको हो । सामुदायिक वनले अपाङ्गता भएका सुनैना चौधरी, राष्ट्रिय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत जेहेन्दार विद्यार्थी निरुता चौधरी, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत अनाथ विद्यार्थी दुखनी चौधरीलाई शैक्षिक सामग्री र ब्ल्याङ्केटसहित न्यानो कपडा दिइएको छ ।
यसैगरी, बागेश्वरी बालविकास केन्द्रमा अध्ययनरत जेहेन्दार छात्रा स्मृति चौधरीसहित सामान्य परिवारका १५ जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री प्रदान गरेको स्थानीय जीयाराम चौधरीले जानकारी दिए । छटकपुर बसन्तामा आयोजित एक कार्यक्रमबिच सुदूरपश्चिमका पूर्वमन्त्री घनश्याम चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया