सेयरबजारमा साढे १० अर्बको खरिदबिक्री
काठ्माण्डौँ: सेयरबजारमा आज साढे १० अर्बको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९.९७ अंकले बढेको दिन १० अर्ब ५४ करोडको किनबेच भएको हो।
आज कुल २ करोड ३० लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। योसँगै सूचक २७५८.०४ विन्दुमा पुगेको छ
सोमबारको कारोबारमा १२६ वटा सेयरको मूल्य बढ्दा ११२ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज तारागाउँ रिजेन्सी, विशालबजार र खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ११५.५०, ५९८.९० र २९.३० रुपैयाँ आम्दानी गरे।
तर नेपाल फाइनान्स, गुराँस लघुवित्त र विन नेपाल लघुवित्तका सेयरधनीले भने आज धेरै गुमाएका छन्। उनीहरुले क्रमशः ११८.८०, २०६ र १७२.९० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्।
सर्वाधिक कारोबारमा नेपाल फाइनान्स अगाडि रह्यो। कम्पनीको ५९ करोड ४७ लाखको सेयर किनबेच भएको हो। यसबाहेक ङादी ग्रुप पावरको ४८ करोड र जानकी फाइनान्सको २७ करोडको सेयर किनबेच भएको छ।
सोमबार होटल र पर्यटन ४.९९ प्रतिशतले बढ्यो भने जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहले नेप्सेलाई टेवा दिँदा सूचक दोहोरो अंकले बढेको हो।
तपाईको प्रतिक्रिया