लैङ्गिक हिंसा अन्त्य गर्न धार्मिक अगुवाहरूसँग छलफल

सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24
Paschim Today

कैलाली । लैङ्गिक हिंसा अन्त्य गर्न कैलालीमा धार्मिक अगुवाहरूसँग छलफल गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको  १६ दिने अभियान अन्तर्गत कैलालीमा पालिका  स्तरीय धार्मिक अगुवाहरूसँग अन्तर संवाद कार्यक्रम सम्पन्न गरिएको हो ।

२५ नोभेम्बर देखि १६ दिनसम्म  विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । यसक्रममा   डिसिए नेपालको आर्थिक सहयोगमा पहुँच परियोजना अन्तर्गत दलित महिला अधिकार मञ्च नेपालको समन्वयमा कैलारी गाउँ पालिका र गौरीगङ्गा नगरपालिकामा पालिका  स्तरीय धार्मिक अगुवाहरूसँग अन्तर संवाद कार्यक्रम गरेको हो ।  

दलित अधिकार मञ्च  नेपालकी अध्यक्ष सबित्रा घिमिरेले धार्मिक मूल्यमान्यताहरूमा छुवाछूत र लैङ्गिक हिंसा नभएको हुँदा त्यस विषयलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।  

‘हाम्रो समाजमा रहेका जातीय छुवाछूत र लैङ्गिक हिंसालाई बढवा दिने खालका धार्मिक मूल्यमान्यताहरू रहेका छन् ती मूल्य मान्यता के साँचै धार्मिक ग्रन्थहरूमा छन् त ? यसै विषयमा रहेर विभिन्न धर्मका अगुवाहरूसँग अन्तरक्रिया गरिएको थियो ’कार्यक्रमको उद्देश्य बारे बोल्दै उनले भनिन् । 

धार्मिक मूल्यमान्यताहरूमा छुवाछूत र लैङ्गिक हिंसाबारेमा विषयमा धार्मिक अगुवाहरूले समाजलाई सही बताउन सक्ने भएको हुँदा कार्यक्रम गरिएको उनले बताइन् ।

परियोजनाकी व्यवस्थापक सृजना पराजुलीले पनि  समाजमा धर्म र संस्कृतिको नाममा जातीय छुवाछूत र लैङ्गिक हिंसा हुने गरेको हुँदा त्यसा हिंसा रोक्न कार्यक्रम गरिएको बचाइन् । 

 कार्यक्रममा कैलारी गाउँ पालिका र गौरीगङ्गा नगरपालिकाका अगुवा धर्म गुरुहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भएका धर्म अगुवाहरूले छुवाछूत र लैङ्गिक हिंसा रोक्न आफूहरूले पनि भूमिका खेल्ने बताएका थिए ।