लैङ्गिक हिंसा अन्त्य गर्न धार्मिक अगुवाहरूसँग छलफल
कैलाली । लैङ्गिक हिंसा अन्त्य गर्न कैलालीमा धार्मिक अगुवाहरूसँग छलफल गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कैलालीमा पालिका स्तरीय धार्मिक अगुवाहरूसँग अन्तर संवाद कार्यक्रम सम्पन्न गरिएको हो ।
२५ नोभेम्बर देखि १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । यसक्रममा डिसिए नेपालको आर्थिक सहयोगमा पहुँच परियोजना अन्तर्गत दलित महिला अधिकार मञ्च नेपालको समन्वयमा कैलारी गाउँ पालिका र गौरीगङ्गा नगरपालिकामा पालिका स्तरीय धार्मिक अगुवाहरूसँग अन्तर संवाद कार्यक्रम गरेको हो ।
दलित अधिकार मञ्च नेपालकी अध्यक्ष सबित्रा घिमिरेले धार्मिक मूल्यमान्यताहरूमा छुवाछूत र लैङ्गिक हिंसा नभएको हुँदा त्यस विषयलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
‘हाम्रो समाजमा रहेका जातीय छुवाछूत र लैङ्गिक हिंसालाई बढवा दिने खालका धार्मिक मूल्यमान्यताहरू रहेका छन् ती मूल्य मान्यता के साँचै धार्मिक ग्रन्थहरूमा छन् त ? यसै विषयमा रहेर विभिन्न धर्मका अगुवाहरूसँग अन्तरक्रिया गरिएको थियो ’कार्यक्रमको उद्देश्य बारे बोल्दै उनले भनिन् ।
धार्मिक मूल्यमान्यताहरूमा छुवाछूत र लैङ्गिक हिंसाबारेमा विषयमा धार्मिक अगुवाहरूले समाजलाई सही बताउन सक्ने भएको हुँदा कार्यक्रम गरिएको उनले बताइन् ।
परियोजनाकी व्यवस्थापक सृजना पराजुलीले पनि समाजमा धर्म र संस्कृतिको नाममा जातीय छुवाछूत र लैङ्गिक हिंसा हुने गरेको हुँदा त्यसा हिंसा रोक्न कार्यक्रम गरिएको बचाइन् ।
कार्यक्रममा कैलारी गाउँ पालिका र गौरीगङ्गा नगरपालिकाका अगुवा धर्म गुरुहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भएका धर्म अगुवाहरूले छुवाछूत र लैङ्गिक हिंसा रोक्न आफूहरूले पनि भूमिका खेल्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया