यू–१९ एसिया कप :अफगानिस्तानले दियो नेपाललाई १२४ रनको लक्ष्य

मंगलबार मङ्सिर १८, २०८१/ Tuesday 12-03-24
Paschim Today

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा अफगानिस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो ।
अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए ।
नेपालका लागि सन्तोष यादव र यूनिस ठकुरीले ३–३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए ।