शिक्षा समितिले चार उपसमिति  गठन गर्‍यो

बुधबार पौष ३, २०८१/ Wednesday 12-18-24
Paschim Today

काठ्माण्डौ- प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति गठन गरेको हो।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमितिमा डा। तोषिमा कार्की, दीपा शर्मा, छविलाल विश्वकर्मा, चन्द्रकान्त भण्डारी, महेन्द्रकुमार राय, रेखा शर्मा, रामप्रकाश चौधरी छन्।

युवा तथा खेलकुद अध्ययन उपसमितिमा चन्द्रकान्त भण्डारी, प्रभु हजरा, दीपा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्र राय यादव, डा। तोषिमा कार्की, विनिताकुमारी सिंह छन्।

शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमितिमा देवेन्द्र पौडेल, कालुराम राई, सरिता भुषाल, संगीता मण्डल धानुक, लिलादेवी बोखिम लिम्बू, सुमना श्रेष्ठ, रामप्रकाश चौधरी छन्।

सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमितिमा छविलाल विश्वकर्मा, ईश्वरी घर्ती, धनराज गुरुङ, लिलादेवी बोखिम लिम्बू, रेखा शर्मा, सुमना श्रेष्ठ, विना जैसवाल छन्।
उपसमितिले आफ्नो क्षेत्रअधिकारभित्र पर्ने निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण, सरकारी आश्वासन, प्रत्यायोजित विधायन तथा ती निकायमा अन्य काम, कारबाही एवं क्रियाकलापको अध्ययन गर्नेछन्।

अध्ययनका सिलसिलामा उपसमितिले स्थलगत अवलोकन, अन्तरक्रिया लगायतका संसदीय निगरानीसम्बन्धी सबै कार्य गर्न सक्नेछ। उपसमितिको कार्यावधि १ वर्ष हुनेछ भने प्रत्येक तीन महिनामा समितिसमक्ष कार्यप्रगति पेस गर्नुपर्नेछ।
उपसमितिले संयोजक सदस्यमध्येबाट चयन गर्नेछ।